जीपको ठक्करबाट कैलालीमा एककाे निधन
कैलाली । भजनी नगरपालिकामा जीपको ठक्करबाट एक जनाको निधन भएको छ ।
भजनी – ५ मा म १ च ४९२ नम्बरको जीपले ठक्कर दिदाँ भजनी ७ का ५५ वर्षीय राधे लोनियाको निधनभएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भजनीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते भएका लोनियाको उपचारका क्रममा भजनी स्वास्थ्यचौकीमा निधन भएको हो ।
जीप चालक गोदावरी नगरपालिकाका विमल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
–रासस


प्रतिकृया दिनुहोस