• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

मोटरसाइकल दुर्घटनामा महिलाको निधन

समाचार

तुलसीपुर । दाङमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक महिलाको निधन भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार आज बिहान दुई मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार शान्तिनगर गाउँपालिका–१ का ४८ वर्षीया पवी डाँगीको निधन भएको हो ।

डाँगीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । 

तुलसीपुरबाट भमकेतर्फ आउँदै गरेको गरेको रा ५ प ८०९५ मोटरसाइकल र पश्चिमबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ५ प ६५२५ नम्बरको मोटरसाइकल तुलसीपुर–८ अश्वाराको उकालोमा एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
–रासस
 

प्रतिकृया दिनुहोस