• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

करेन्ट लागेर महिलाको निधन

समाचार

दमैली । तनहुँको व्यास नगरपालिका–६ शेखाटारमा करेन्ट लागेर आज एक महिलाको निधन भएको छ । निधन हुनेमा स्थानीय ५८ वर्षीया हेकुठिनी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 
    
घरमा मिक्स्चर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी श्रेष्ठको उपचारका क्रममा रत्नहरि अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकाारी दिनुभयो ।
–रासस
 

प्रतिकृया दिनुहोस