खोलामा मोटर जडान गर्न गएका सुवासको करेन्ट लागेर निधन
काठमाडौं । करेन्ट लागेर दोलखाको मेलुङ गाउँपालिका-७ मा एक जनाको निधन भएको छ ।
निधन हुनेमा पालिकास्थित ज्यामिरे बस्ने ३५ वर्षीय सुवास कार्की छन् । उनको बुधबार बिहान निधन भएको हो ।
घरदेखि करिब १ किमी टाढा आफ्नै खेतमा तामाकोशी खोलाबाट मोटर जडान गरी पानी तान्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । त्यसपछि उनको धुलिखेल शाखा अस्पताल किर्नेटार दोलखामा उपचारको क्रममा निधन भएको प्रहरीले बताएको छ ।


प्रतिकृया दिनुहोस