• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

ट्रयाक्टर दुर्घटना हुँदा सिरहामा एकको निधन

सनराइज खबर संवाददाता

सिरहा । ट्रयाक्टर दुर्घटना हुँदा सिरहामा एक जनाको निधन भएको छ । दुर्घटनामा परी २० वर्षीय दुर्गेस यादवको निधन भएको हो । 

नरहा गाउँपालिका-३ स्थित सडकमा स.१ त ४०२८  नम्बरको ट्याक्टर सोमबार राति अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्गेस सोही स्थानका निवासी हुन् ।

दुर्घटनामा परेर दुर्गेस घाइते भएका थिए । त्यसपश्चात उपचारका लागि भूमिजा अस्पताल हुँदै बिराट नर्सिंङ होम विराटनगर लगिएकोमा उपचारको क्रममा उहाँको निधन भएको हो । 

दुर्घटनामा घाइते भएका ट्याक्टर चालक २० वर्षीय जितबहादुर यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिकृया दिनुहोस