• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

संक्रमित बाेकेकाे एम्बुलेन्स दुर्घटना, पाँच घाइते

सनराइज खबर

अर्घाखाँची । कोरोना सङ्क्रमित बाेकेकाे एम्बुलेन्स दुर्घटनामा  परेकाे छ । संक्रमितलाई आइसोलेशनमा लिएर आउँदै गरेको एम्बुलेन्स गए राति दुर्घटना हुँदा पाँच सङ्क्रमित घाइते भएका छन् ।

एम्बुलेन्स सन्धिखर्क नगरपालिका वडा नम्बर-७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट  सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको आइसोलेशनमा आउँदै गर्दा दुर्घटना भएकाे हाे । खाँचीकोट डिहिडाँडा फर्जेङ खोला बजार नजीकै लु १ च ३५३५ नम्बरको साे एम्बुलेन्स दुर्घटनामा परेको हो ।

घाइते पाँचै जनाको  हटारीनेटाको आइसोलेशन वार्डमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानाकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस