• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

काभ्रेमा जिप दुर्घटना, सुनकोशीमा खसेर दुई जना बेपत्ता 

सनराइज खबर संवाददाता

काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ मा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई जना बेपत्ता भएका छन् । 

दोलालघाटबाट भुम्लुको सापिङ जाँदै गरेको जिप दुर्घटना हुँदा सुनकोशी नदिमा खसेर दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डीएसपी) कुमार विक्रम थापाले जानकरी दिए । 

बेपत्ता हुनेमा अशोक गिरी र भोला महत छन् । 

बा १६ च ८८३८ नम्बरको बोलेरो जिप सडकबाट ब्याक भएपछि चक्काको भागले सडक छाडेर पल्टिएको थियो । बोलेरोमा सवार सानुमाया गिरीको हात भाँचिएको छ । 

सुनकोशीमा खसेर बेपत्ता भएका दुई जनाको खोजी भइरहेको डीएसपी थापाले बताए । 
 

प्रतिकृया दिनुहोस