ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापामा एकको निधन
झापा । ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ झापामा एक जनाको निधन भएको छ ।
निधन हुनेमा ईलाम चुलाचुली गाउँपालिका-४ बस्ने ३० वर्षीय रण बहादुर लिम्बु छन् ।
शुक्रबार राती कमल गाउँपालिका-५ पाडाजुगीस्थित सडकमा ना ६ ख ५४०१ नम्बरको ट्रकले बा ६८ प ९७७० नम्बरको मोटरसाइकल ठक्कर दिदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठक्करबाट लिम्बु गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि दमक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिकृया दिनुहोस