• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

पहिरोमा पुरिएर भीमफेदीमा एकको निधन

सनराइज खबर


हेटौंडा । काठमाडौँबाट इपातर्फ जानेक्रममा  मोटरसाइकल दुर्घटना हुँदा  एक जनाको निधन भएको छ ।

निधन हुनेमा मोटरसाइकल चालक भीमफेदी गाउँपालिका–८ देउराली बस्ने २३ वर्षीय कृष्ण खनाल छन् । 

कोगटेखोला नजिकै आइपुग्दा गए राति बा ४४ प ६०८५ नम्बरको मोटरसाइकललाई पहिरोले पुरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । 
 
मृतक खनालको शव परीक्षणका लागि प्रहरीले हेटौंडातर्फ ल्याउँदै गरेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

– रासस 

प्रतिकृया दिनुहोस