१ करोड ९ लाख भारतीय रुपैयाँसहित २ जना विराटनगरबाट पक्राउ
मोरङ । सशस्त्र प्रहरीले १ करोड ९ लाख ६९ हजार ५ सय भारतीय रुपैयाँसहित दुई जनालाई विराटनगरबाट पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले भारतबाट अाएकाे डब्लूबी ७३ ई ७६३५ नम्बरको भारतीय ट्रकमा सो रकम बरामद गरेको हाे ।
सो रकमसँगै ट्रक चालक भारतीय नागरिक रवीकुमार र सहचालक पम्पुकुमारलाई विराटनगरस्थित एकीकृत भन्सार जाँच चाैकी नजिकैबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बलका एसपी नेत्रबहादुर कार्कीले सनराइज खबरलाई जानकारी दिए ।
उनले भने– ‘रित्तो ट्रकको पछाडि बोरामा बेरेर कार्टुनमा हालेर साे रकम ल्याइएको छ, कहाँबाट के का लागि ल्याइएको हो भन्ने खुलेको छैन ।’
यसबारे थप अनुसन्धान भइरहेकाे कार्कीले बताए ।


प्रतिकृया दिनुहोस