• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकल चालकको निधन 

सनराइज खबर संवाददाता

सिन्धुली । कमलामाई नगरपालिका–८ माइस्थानमा बसको ठक्करबाट मोटरसाइकल चालकको निधन भएको छ । 

बर्दिबासबाट सिन्धुलीतर्फ आउँदै गरेको बा.४ख ५७७७ नम्बरको बसले बुधबार साँझ ठक्कर दिँदा बा.७९प ७१८८ नम्बरको मोटरसाइकल चालक हिराबहादुर रिजालको निधन भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका रिजालको जिल्ला अस्पताल सिन्धुलीमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी श्याम खत्रीले जानकारी दिए । 

बस चालक काभ्रे मण्डन देउपुर घर भएका बद्रिप्रसाद तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

प्रतिकृया दिनुहोस