• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

धादिङमा राहत बोकेको ट्रक पल्टियो, एक जनाको निधन 

सनराइज खबर संवाददाता

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–४ आरन भञ्ज्याङमा राहतको चामल बोकेर जाँदै गरेको ट्रक दुर्घटना भएको छ । 

मलेखुबाट चामल बोकेर जाँदै गरेको बा.१क ८७३६ नम्बरको ट्रक दुर्घटना हुँदा एक जनाकाे निधन भएकाे छ । दुर्घटनामा परेर ज्वालामुखी गाउँपालिका घर भएकी सरु बस्यालको निधन भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । 

दुर्घटनामा ८ जना घाइते भएका छन् । ती मध्‍ये सात जनाको राजमार्ग अस्पतालमा उपचार भइरहेको छ ।  एक जना १३ बर्षीया बालिकालाई उपचारका लागि काठमाडौं पठाइएको डीएसपी रेग्मीले बताए । 

ट्रक चालक फरार छन् । उनकाे खाेजी भइरहेकाे छ ।

प्रतिकृया दिनुहोस