सिमानामा सशस्त्रका थप ८ हजार फौज परिचालन
काठमाडौं । शसस्त्र प्रहरी बलले नेपाल–भारत सिमानामा थप सुरक्षाकर्मी परिचालन गरेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम राेक्न नेपाल–भारत सीमा नाकामा कडाइ गर्ने मन्त्रिपरिषद्काे निर्णयसँगै शसस्त्रले ठूलो संख्यामा सुरक्षाकर्मी थपेको हो ।
‘सिमानामा ७ हजार ८ सय फौज पठाइसकिएको छ, थप १ हजार फौज पठाउँदैछौं’ शसस्त्र प्रहरी प्रवक्ता (डीआईजी) प्रविण श्रेष्ठले सनराइज खबरसँग भने ।
यसअघि सिमानामा रहेका १ सय २० वटा बोर्डर आउट पोष्ट (बीओपी) मा १४ हजार जनशक्ति खटिएका थिए ।
कोरोना संक्रमण सुरु भएपछि सिमानामा थप दुईवटा बोर्डर आउट पोष्ट थपिएका छन् ।
थप जनशक्ति भारतसँग सिमाना नजोडिएका जिल्ला र शसस्त्र प्रहरी बल मुख्यालयबाट खटाइएको डीआईजी श्रेष्ठले बताए ।
गृह मन्त्रालयले भीआईपीको सुरक्षामा खटिएका फौज पनि कटौती गरेर सिमानामा खटाउने तयारी गरिरहेको छ । भीआईपीको सुरक्षामा खटिएका शसस्त्रका सुरक्षाकर्मी कटौतीबारे छलफल भइरहेको गृह मन्त्रालयका एक अधिकृतले बताए ।
कहाँ कति थपिए ?
१) शसस्त्र प्रहरी बल नेपाल नम्बर–१ बाहिनी सुनसरीमा १ हजार ५ सय ४९ जना ।
२) नम्बर–२ बाहिनी महोत्तरीमा ३ हजार २ सय ६२ जना ।
३) नम्बर–३ गढिमाई बाहिनी मकवानपुरमा १९ जना ।
४) नम्बर–४ मुक्तिनाथ बाहिनी कास्कीमा १८ जना ।
५) नम्बर–५ बिन्ध्यावासिनी बाहिनी रुपन्देहीमा २ हजार ४सय २० जना ।
६) नम्बर–७ बाहिनी मुख्यालय कैलालीमा १ हजार १सय १५ जना ।


प्रतिकृया दिनुहोस