जगातीमा ट्रकले मोटरसाइकललाई ठक्कर दियाे, एक जनाको निधन
काठमाडौं । भक्तपुरको जगातीमा मंगलबार राति मालवाहक ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ ।
निधन हुनेमा सिन्धुपाल्चोक जुगल घर भएका २४ वर्षीय उत्तरबहादुर तामाङ छन् ।
जगाती चोकमा बा ६ प ११०३ नम्बरको मालवाहक ट्रकले बा.९०प ४०४० नम्बरको मोटरसाईकल लाई ठक्कर दिँदा घाइते भएका उत्तर बहादुरको डा.ईवामुरा अस्पतालमा निधन भएको महानगरीय प्रहरी वृत जगातीका डीएसपी चक्तबहादुर सिंहले जानकारी दिए ।
उत्तरबहादुरले चलाएको मोटरसाईकलमा सवार सिन्धुपाल्चोक घर भएका २७ वर्षीय आकाश तामाङ र ११ वर्षीया किशोरी कल्साङ डोल्मा तामाङ घाइते छन् ।
उनीहरुलाई थप उपचारका लागि डा.ईवामुरा अस्पतालबाट काठमाडौं रिफर गरिएको छ । कल्साङको अवस्था सामान्य छ, उनी बोल्न सक्ने अवस्थामा छिन् । आकाश भने गम्भिर छन् ।


प्रतिकृया दिनुहोस