सशस्त्र प्रहरी बल २ नम्बर गणको १९ औँ स्थापना दिवसमा उत्कृष्ट व्यक्तित्वहरू सम्मानित
झापा । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा भद्रपुर झापाको १९ औँ स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको छ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगर प्रमख बलदेवसिंह गोम्देन ले सम्मानित व्यक्तित्वहरूलाई प्रमाणपत्र प्रदान गर्दै समाज विकास, सुरक्षा तथा सामाजिक सेवामा पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयाे ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


प्रतिकृया दिनुहोस