काेराेनाले ज्यान गुमाउनेका परिवारलाई भारतले चार लाख रुपैयाँ दिने
काठमाडौं । भारत सरकारले कोरोना भाइरस लागेर ज्यान गुमाउनेको परिवारलाई चार लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
भारतमा कोरोनाका कारण अहिलेसम्म दुईजनाको ज्यान गएको छ । त्यहाँ ८४ जना संक्रमित भएका छन् ।
यसै बीच भारतको पश्चिम बंगाल राज्यले पनि सम्पूर्ण शिक्षण संस्था बन्द गरेको छ । कोरोनाको विश्वव्यापी महामारीलाई ध्यानमा राखेर बंगालले शिक्षण संस्था बन्द गरेको हो ।
नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र बिहारले यस अघि नै शिक्षण संस्थाहरु बन्द गरिसकेको छ ।


प्रतिकृया दिनुहोस