• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

माइक्रोसफ्टको सञ्‍चालक समितिबाट हटे बिल गेट‍्स

विदेश डेस्क

विदेश डेस्क

एजेन्सी । माइक्रोसफ्ट कम्पनीको बोर्ड अफ डाइरेक्टरबाट विलियम हेनरी 'बिल' गेट्सले राजीनामा दिएका छन् ।

अब सामाजिक सेवामा लाग्‍ने भन्दै उनी सञ्चालक समितिबाट बाहिरिएका माइक्रोसफ्टले जनाएको छ । उनको सामाजिक सेवा विशेष त शिक्षा, स्वास्थ्य, विकासमा केन्द्रित हुने बताइएको छ ।

कम्पनीका अनुसार ६४ वर्षीय गेट्स माइक्रोसफ्टमा प्राविधिक सल्लाहकार भने रहनेछ  । 

उनले सन् १९७५ मा पाउल एलनसँग मिलेर माइक्रोसफ्ट कम्पनी खोलेका थिए । कम्पनीका स‌ंस्‍थापक अध्‍यक्ष गेट्स सन् २००० सम्म माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरेका थिए ।

उनी बाक्शर ह्याथवेको सञ्चालक समितिबाट समेत बाहिरिएका छन् ।

उनी विश्वका दोस्रो धनी व्यक्ति हुन् । कम्प्युटरमा प्रयोग हुने सफ्टवेअरको विकास र व्यापारबाट नै उनी धनि भएका हुन् ।


 

प्रतिकृया दिनुहोस