• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

काेराेना: भारतकाे बिहार र युपीमा सबै शिक्षण संस्था बन्द

विदेश डेस्क

विदेश डेस्क

काठमाडौं । कोरोना भाइरस महामारीलाई ध्यानमा राख्दै नेपालसँग सीमा जोडिएको भारतको बिहार र उत्तर प्रदेश राज्यका सम्पूर्ण विद्यालय, कलेज र सिनेमा घर बन्द गरिएको छ । 

भारतमा अहिलेसम्म ८४ जनामा कोरोना देखिएको छ र दुईजनाको ज्यान गएको छ । 

भारतको राजधानी दिल्लीमा पनि शिक्षण संस्थाहरु बन्द गरिएको छ । त्यहाँ स्वीमिङ पुलहरु पनि पूर्ण रुपमा बन्द गरिएको छ । त्यसैगरी भारतको कर्नाटक, गुजरात, जम्मु, कश्मिर राज्यमा पनि सबै शिक्षण संस्था बन्द गरिएको छ । 

भारतले सबै खालका खेल गतिविधि पनि बन्द गरेको छ भने भेला हुने खालका कार्यक्रम नगर्न सरकारले अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस