प्रहरी हिरासतमा युवाको ज्यान गयो, कारण अन्तरजातीय विवाह
रामेछाप । सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको खुर्कोट प्रहरी हिरासतमा मृत्यु भएको छ ।
वैशाख ३ गतेदेखि प्रहरी हिरासतमा रहेका विकले हिजो थुनुवा कक्षको भेन्टिलेसनमा सर्टको पासो लगाएर आत्महत्या गरेका प्रहरीले जनाएको छ । घटनाको समयमा श्रीकृष्ण थुनुवा कक्षमा एक्लै थिए ।
काठमाडौंमा बस्दै सवारी चालकको काम गर्दै आएका विकले खोटाङ निवासी एक युवतीसँग गत चैत २८ गते प्रेम विवाह गरेका थिए । युवती १७ वर्षकी बालिका भएको भन्दै युवतीका परिवारले काठमाडौं प्रहरीमा जबरजस्ती करणीको उजुरी दिएपछि श्रीकृष्णलाई काठमाडौंमा पक्राउ गरी खुर्कोट प्रहरीको जिम्मा लगाइएको थियो। उनी गत शुक्रबारदेखि खुर्कोट प्रहरी हिरासतमा रहेका थिए। उमेर नपुगेको भने पनि उजुरीको मुख्य कारण अन्तरजातीय विवाह भएको विकका परिवारको भनाइ छ ।
श्रीकृष्णले आत्महत्याको प्रयास गरेको प्रहरीले हिजो साँझ ६ बजे तिर पत्तो पाएको जनाएको छ । त्यसपछि तत्काल उनलाई सुनकोसी सामुदायिक अस्पताल लगिएको थियो। त्यहाँबाट उनलाई सिन्धुली अस्पताल लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए ।
श्रीकृष्णलाई अस्पताल पु¥याए लगत्तै साँझ परिवारलाई जानकारी गराइएको थियो। मृतकका शव सिन्धुली अस्पतालमा राखिएको छ ।
मृतकका परिवार घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय खुर्कोट पुगेका छन् । प्रहरीको लापरबाहीका कारण श्रीकृष्णको मृत्यु भएको परिवारको आरोप छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
तिलगङ्गा क्षेत्रका बासिन्दा पशुपति क्षेत्र विकास कोषविरुद्ध धर्नामा बस्ने
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
७–८ वर्षदेखि पोल र ट्रान्सफर्मर मात्रै, घरमा अझै पुगेन बिजुली
-
सरकारसँग आक्रोशित कीर्तिपुरवासी : बेपत्ताको अवस्था तत्काल सार्वजनिक गर्न माग


प्रतिकृया दिनुहोस