प्लिज सरकार, कार्यकारी निर्देशक चण्डिका भट्टको विषयमा त बोल्नुस्, उहाँको मनोभावना बुझ्नुस्
काठमाडौं । पेट्रोलियम पदार्थको वर्तमान अवस्थाबारे आज कुनै पनि नेपाली अनभिज्ञ छैन। मूल्यवृद्धिको चाप, आपूर्तिको चुनौती र बजारको असन्तुलनबीच देशले कठिन समय भोगिरहेको छ। तर यति जटिल परिस्थितिमा पनि देश पूर्ण अभावतर्फ नढल्नुको पछाडि एउटा अदृश्य तर निरन्तर खटिरहेको श्रम छ—नेपाल आयल निगमका कर्मचारीहरूको। उनीहरूका लागि अहिले शनिबार, आइतबार वा अरू कुनै दिन भन्ने छुट्टै छैन; जिम्मेवारी नै उनीहरूको समय बनेको छ।
यही र यस्तै कठिन घडीमा डा. चण्डिका प्रसाद भट्टले नेपाल आयल निगमको नेतृत्व सम्हालिरहनुभएको छ । एक जिम्मेवार, अनुभवी र कामप्रति समर्पित प्रशासकका रूपमा चिनिनुभएका डा. भट्टले परिस्थिति जति जटिल भए पनि आफ्नो दायित्वबाट पछि हट्टुभएको छैन । यसअघि स्पेशल इकोनोमी जोन (सेज) मा रहँदा उहाँले देखाएको कार्यक्षमता र त्यहाँको प्रगतिमा पु¥याएको योगदानले उहाँको कार्यशैली कति प्रभावकारी छ भन्ने प्रस्ट पारिसकेको छ। आज सेजले प्राप्त गरेको उपलब्धिमा उहाँको भूमिका स्मरणीय छ त्यो हामीले बुझ्नु पर्छ ।
तर विडम्बना के छ भने, यति ठूलो जिम्मेवारी बोकेर काम गरिरहेको व्यक्तिलाई नै केही समूहहरूले गलत ढंगले चित्रित गर्न खोजिरहेका छन्। देशमा अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्ति व्यवस्थापनजस्तो संवेदनशील विषयमा सक्रिय भूमिका खेल्नुभएका भट्टलाई नै विवादमा तान्ने प्रयास हुनु र सरकार मौन वस्नु आफैंमा चिन्ताजनक छ।
नेपालमा मन नपरेका व्यक्तिलाई फसाउने प्रवृत्ति नयाँ होइन, तर यस्तो प्रवृत्तिले सच्चा काम गर्ने व्यक्तिहरूको मनोबलमा चोट पुर्याउने निश्चित छ। यदी कसैले यस्तो गरे सरकारले तुरुन्त कदम उठाउनु पर्ने हो तर सरकारले उदासिनता देखाएको छ ।
करिब १५ दिनअघि घटेको एउटा घटना यसको उदाहरण बनेको छ। इन्धन संकट व्यवस्थापनलाई सहज बनाउन, विदाको दिनमा समेत बजारको अवस्था बुझ्न भट्ट आफैं सवारी चलाएर निस्किनुभएको थियो । सवारी चालकलाई दुःख नदिने साधारण मानवीय सोचले उहाँले आफैं सवारी पास लिएर सवारी चलाउनुभएको थियो । सोही क्रममा कलंकी चोकमा दुर्घटना भयो। तर दुर्घटनापछि केही उच्छृंखल व्यक्तिहरूले वास्तविकतामा नै जान नखोजी उहाँमाथि दुव्र्यवहार भयो। एक जिम्मेवार अफिसरको दुव्र्यवहार मा पनिसरकार वोलेन ? यो चाँही हामी मिडियाँ कर्मीको लागि पनि अनौठो विषय बन्यो । किनभने त्यो दुर्घटना मात्र थिएन, त्यो हाम्रो सामाजिक चेतनाको परीक्षा पनि थियो—जसमा हामी चुक्यौं। करिव दुई तिहाईको सरकार पनि चुक्यो ।
तर पछि कार्यकारी निर्देशक डा. भट्टको घटना त्यत्तिमै सीमित पारिएन । अर्थात उहाँलाई त्यतिमै छाडियन अझै खुईलाउने उद्धेश्यले नै भन्म केही व्यक्तिहरूले केही मिडियाहरुले उहाँको पुरानो भिडियो नयाँ वर्षको घुमघामसँग जोडेर भ्रामक प्रचार गरे । उहाँ अर्थात एक जिम्मेवार सरकारी जिम्मेवार अफिसरको मनोवल घटाउने काम भयो । सामाजिक सञ्जालमा फैलाइएको त्यो गलत सन्देशले सत्यलाई मात्र होइन, एउटा जिम्मेवार व्यक्तिको निष्ठालाई समेत चोट पुर्यायो। तर सरकार भने मौन नै वस्यो । यो समान्य कुरा थिएन।
आज स्वयं भट्टले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै उक्त घटना नयाँ वर्षको नभई १५ दिनअघिको भएको बताउनुभएको छ । उहाँले इन्धन आपूर्ति सहज बनाउन, ग्यास वितरणसम्बन्धी निर्णयका लागि बजार अनुगमन गर्न गएको र चालकलाई दुःख नदिने हेतुले आफैं गाडी चलाएको उल्लेख पनि गर्नुभएको छ जुन सत्य पनि हो । “मैले अनुरोध गरिरहेको विषय कसैले सुन्ने अवस्था थिएन,” भन्ने उहाँको भनाइले त्यो क्षणको पीडा र असहजता स्पष्ट देखाउँछ। केही उच्छृंखल व्यक्तिहरूको व्यवहारप्रति उनले चिन्ता व्यक्त गर्दै समाज कता जाँदैछ भन्ने गम्भीर प्रश्न समेत उठाउँनुभएको छ ।
एक सरकारी काविल अफिसरले चरम सकटको वेलामा आफ्नो काम गरिराखेको र उक्त काम मा सरकारले ध्यान नदिई उहाँलाई नै समस्या पर्दा समेत सरकार वोल्दैन भने अब कल्पना गरौं नेपाली समाज कता जादै छ ? बालेन सरकार कता छ । अब तपाईहरु आफै भन्नुस नेपाल समाज कता जादै छ । के गफले मात्र मुलक चल्छ । काम गर्नेको प्रोत्सान हुनुपर्छकी पर्दैन । के एक जिम्मेवार अफिसरलाई हतोसाही पारेर मुलुक बन्छ?


प्रतिकृया दिनुहोस