• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

कोरोनाको त्राश : सार्क देशहरु एक ठाउँ हुने आश

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । कोरोनाको महाविपत्ति सामु उभिएको दक्षिण एसियालाई भारतले आशाको सन्देश दिएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विपत्तिसँग सार्क देशहरुले सामूहिक रुपमा लड्नुपर्ने विचार सार्वजनिक गरेसँगै सार्क क्षेत्र उत्साहित भएको छ । 

भारतका कारण सार्क निष्क्रिय प्राय रहँदै आएको छ । यसको शिखर सम्मेलन समेत हुनसक्ने अवस्था छैन । मुख्यत भारत र पाकिस्तान बीचको द्धन्दका कारण सार्क मरणासन्न बनेको हो । 

भारतीय प्रधानमन्त्री मोदीले कोरोना विरुद्ध सार्क राष्ट्रहरुले सहकार्य गर्नुपर्ने विचार सार्वजनिक गर्नासाथ प्रतिक्रिया जनायो नेपालले । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको शैय्याबाटै ट्वीटको जवाफ फर्काए । 

प्रधानमन्त्री ओलीले लेखेका छन्– कोरोना भाइरस विरुद्ध लड्न सार्क देशहरुले एक बलियो रणनीति तयार पार्नुपर्ने प्रधानमन्त्री मोदीजीको विचारको स्वागत म गर्दछु । सार्क सदस्यहरुसँग मिलेर काम गर्न नेपाल तयार छ ।

मोदीको विचार आएसँगै सार्क पुर्नजिवित हुने आशा जागेको छ । भारतीय प्रधानमन्त्री मोदीको ट्वीट आए लगत्तै भुटानका प्रधानमन्त्री लोटे छिरिङले मोदीको ट्वीटमा क्वोट रिट्वीट गर्दै मोदीको प्रशंसा गर्दै लेखे– ‘यो हो नेतृत्व भनेको ।’

छिरिङले सार्क देशहरुले सहकार्य गर्नुपर्ने विचार राख्दै मोदीको नेतृत्वमा विश्वास रहेको लेखेका छन् । 

मोदीले सार्क सहकार्यको विचार ट्वीटरमा लेख्नासाथ श्रीलंकाका राष्ट्रपति गोताभाया राजापाक्षेले पनि प्रतिक्रिया जनाएका छन् । मोदीको ट्वीटमा क्वोट रिट्वीट गर्दै लेखेका छन्– सहकार्य गरौं ।

त्यसैगरी माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मदले पनि क्वोट रिट्वीट गर्दै मोदीको विचारको स्वागत गरेका छन् । 

मोदीको यो विचारमा बङगलादेशको पनि समर्थन हुनेमा शंका छैन तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । कोरोना विरुद्ध सार्क देशहरुले सहकार्य गर्नुपर्ने मोदीको विचारमा पाकिस्तानको प्रतिmक्रिया कसरी र कस्तो आउँछ भन्ने उत्सुकताको विषय भएको छ ।

प्रतिकृया दिनुहोस