अष्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना, क्यानडाका प्रधानमन्त्री आइसाेलेशनमा
एजेन्सी । अष्ट्रेलियाका गृहमन्त्री पिटर डुटोनलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
शुक्रबार उनलाई कोरोना संक्रमण देखिएको पुष्टि भएको हो । अष्ट्रेलियाकाे गृह मन्त्रालयका अनुसार बिहान उठ्नासाथ पिटरको शरीरमा तापक्रम बढेको र परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
आफूलाई कोरोना देखिएपछि उनले डाक्टरको सुझाव अनुसार ध्यान दिने बताएका छन् ।
अष्ट्रेलियामा अहिलेसम्म काेराेनाबाट ३ जनाकाे निधन भएकाे छ । १ सय ५७ जना संक्रमित भेटिएका छन् ।
यस्तै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई आइसोलेशनमा राखिएको छ । उनलाई काेराेना देखिएकाे छैन तर, श्रीमती सोफीमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेशनमा राखिएको हो ।
दुवै जनालाई १४ दिन आइसोलेशनमा राखिने उनकाे कार्यलयले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस