• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

काेराेना उपर चीन र अमेरिकाकाे भनाभन

विदेश डेस्क

विदेश डेस्क

काठमाडाैं । काेराेना भाइरस सम्बन्धमा चीन र अमेरिका बीच विवाद चर्केकाे छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकी सेनाले चीनको वुहानमा कोरोना भाइरस ल्याएको हुनसक्ने बताएका हुन्। 

वुहानमा प्रारम्भिक अवस्थामा भाइरस फैलिन नदिन चीनले आवश्यक कदम नचालेकोले विश्वव्यापी महामारी फैलिएकाे अमेरिकाले अ‌ाराेप लगाउँदै अ‌ाएकाे छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्राइनले चीनले सुरुमै प्रभावकारी कदम नचाल्दा विश्वभर फैलिएको आरोप लगाएका थिए।

 प्रवक्ता झाओ लिजियानको प्रमाणित ट्विटरमा लेखेका छन्- ‘अमेरिका बिरामी शून्य अवस्थामा कहिलेदेखि थियो ? कति संक्रमित छन्, ती अस्पतालका नाम के हुन् ? सम्भवतः तिनै अमेरिकी सेना हुनसक्छन्, जसले वुहानमा कोरोना भाइरस ल्याए।’

झाओले लेखेका छन्, ‘पारदर्शी बन, तथ्यहरु सार्वजनिक गर, हामीलाई विस्तृत जानकारी चाहियो।’ 

प्रतिकृया दिनुहोस