• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

‘गर्मीमा कोरोना फैलँदैन भन्ने भ्रममा नपरौं’

विदेश डेस्क

विदेश डेस्क

काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयले गर्मी याम लागेपछि कोरोना भाइरसको संक्रमण हुँदैन भन्ने भ्रममा नपर्न अपिल गरेको छ । गर्मी ठाउँमा कोरोना फैलँदैन भन्ने हल्ला नेपालमा पनि चल्ने गरेको छ । 

भारतीय स्वास्थ्य मन्त्रालयले आज त्यहाँको राजधानी नयाँ दिल्लीमा पत्रकार सम्मेलन गरेर गर्मीमा कोरोना फैलँदैन भन्ने भ्रममा नपर्न अपिल गरेको हो । भारतको केरला राज्यमा ३२ डिग्री सेल्सियसमा पनि कोरोना फैलिएको उदाहरण दिँदै भारतको स्वास्थ्य मन्त्रालयले सचेत हुन अपिल गरेको छ ।


विश्व स्वास्थ्य संगठनले पनि गर्मीमा कोरोना भाइरस फैलँदैन भन्ने कुनै वैज्ञानिक आधार फेला नपरेको जनाएको छ । 

प्रतिकृया दिनुहोस