भारतकाे लखनउमा देखियाे काेराेना
काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोना संक्रमित फेला परेका छन् । क्यानडाबाट फर्किएकी एक डाक्टरलाई कोरोना देखिएको हो । तर, साथमा फर्किएका उनकी पतिलाई भने संक्रमण देखिएको छैन ।
संक्रमित ती डाक्टरलाई लखनउको किङ जर्ज मेडिकल विश्वविद्यालयको आइसोलेसन वार्डमा राखिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना महामारीलाई ध्यानमा राख्दै भारतले कैयन देशहरुसँगको उडान बन्द गरिसकेको छ । भारतमा अहिलेसम्म ७३ जनालाई कोरोना देखिएको छ । उत्तर प्रदेश राज्यमा १० जनामा काेराेना संक्रमण देखिएकाे छ ।
भारतले कर्नाटक राज्यका सम्पूर्ण स्कुल कलेज र सिनेमा हल बन्द गरेको छ ।


प्रतिकृया दिनुहोस