गोकुल बाँस्कोटाको घरमा बम विष्फोट
काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट भएको छ । बुधवार विहान मध्यपुर ठिमी नगरपालिका–१ स्थित मनहारा फाँटमा रहेको उनको घरमा अज्ञात समूहले बम विष्फोट गराएको हो ।
महानगरीय प्रहरी वृत ठिमीका डिएसपी शान्तिराज कोईरालाले सनराइज खबरलाई बताए अनुसार विष्फोटबाट घरको पर्खाल भत्किएको छ ।
‘प्रेशर कुकर बम विष्फोट भएको देखिन्छ’ डिएसपी कोइरालाले भने–‘घरको सिसा फुटेकाे छ ।’
घटनाबारे थप विवरण अाउन बाँकी छ ।


प्रतिकृया दिनुहोस