• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भुटानमा यस्तो होटलमा कोरोना क्वारेन्टाइन, सांसद्ले दिए एक महिनाको तलब

विदेश डेस्क

विदेश डेस्क

काठमाडौं । भुटानको ओलाथाङ होटलले कोरोना संक्रमितका लागि आफ्नो होटल समर्पित गरेको छ । सानो भए पनि चिटिक्क र शानदार छ ओलाथाङ होटल ।

यो होटललाई भुटानले कोरोना संक्रमितलाई क्वारेन्टाइनमा राख्ने ठाउँका रुपमा तोकिसकेको छ । भुटानका अन्य होटलहरुले पनि कोरोना आइसोलेसनका लागि आफूलाई समर्पित गरेका छन् ।

दक्षिण एसियामा कोरोनाको सम्भावित जोखिमसँग लड्न सबैभन्दा प्रभावकारी सतर्कता भुटानले अपनाएको देखिएको छ । 

भुटानमा एक ७६ वर्षीय अमेरिकी पर्यटकमा कोरोना संक्रमण देखिएको थियो । उनको सम्पर्कमा आएका ५० जनाभन्दा धेरैलाई भुटानले आइसोलेसनमा राखेको थियो तर कसैमा पनि कोरोना देखिएको छैन ।

भुटानले दुई साताका लागि पर्यटकलाई निषेध गरेको छ । भुटानको आम्दानीको ठूलो स्रोत जलस्रोत पछि पर्यटन हो । पर्यटन ठप्प भएपछि रोजगार गुमाउनेहरुका लागि भुटानका सांसद्हरुले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन् । 

भुटानले आफ्ना नागरिकहरुलाई सित्तैमा मास्क र ह्याण्ड स्यानेटाइजर वितरणको कार्यक्रम पनि चलाइरहेको छ ।
 

प्रतिकृया दिनुहोस