• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

दुई थान पेस्तोलसहित एकजना पक्राउ

समाचार

समाचार


चन्द्रपुर ।  यहाँको चन्द्रपुर नगरपालिका–४ देउरालीचोकबाट अवैध पेस्तोल तथा गोलीसहित एक जनालाई पक्राउ गरिएको  छ ।

    आज दिउँसो सशस्त्र प्रहरीको टोलीले मकवानपुरको हेटौडा उमहानगरपालिका–१३ पदमपोखरी बस्ने २२ वर्षीय सुमन आचार्यलाई पेस्तोलसहित पक्राउ गरेको हो । 
    
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सन्तपुरको टोलीले हातहतियारसहित आचार्यलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले जानकारी दिनुभयो । 
-रासस

प्रतिकृया दिनुहोस