कोरोनाले लियो बेलायतमा एक महिलाको ज्यान
एजेन्सी । कोरोना भाइरस अर्थात कोभिड १९ ले बेलायतमा एक महिलाको ज्यान लिएको छ ।
कोरोना संक्रमित ७० वर्षीया एक वृद्धाको रोयल बर्कशायर अस्पतालमा उपचारका क्रममा निधन भएको बेलायती स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।कोरोना संक्रमणबाट बेलायतमा निधन हुने उनी पहिलो व्यक्ति भएको बताइन्छ ।
कोरोना संक्रमण देखिएपछि उनी गत बुधबार कोरोनाको अस्पताल भर्ना भएकी थिइन् । बेलायतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक सय १६ पुगेको बताइएको छ ।
त्यहाँ गत चाैविस घण्टामा ३० जनामा देखिएकाे छ ।
भारतमा पनि बढे संक्रमित
भारतमा पनि कोरोना संक्रमितको संख्या बढेको बताइएको छ ।
अहिलेसम्म त्यहाँ कोरोना संक्रमितको संख्या ३० पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतले कर्मचारीका लागि विद्युतीय हाजिरी गर्न रोकेको छ । राजधानी नयाँ दिल्लीका सबै प्राथामिक विद्यालयलाई मार्च महिनाभरिका लागि बिदा दिइएको छ ।
इरानमा कडाइ
कोरोना संक्रमितको संख्या बढेपछि इरानले आवत जावत सीमित गरेको बताइएको छ ।
कोरोनाका कारण इरानमा अहिलेसम्म एक सय सातको ज्यान गइसकेको छ । संक्रमितको संख्या ३ हजार ५ सय १३ पुगेको त्यहाँकाे स्वास्थ मन्त्रालयले जनाएकाे छ ।
इरानले कोरोनाका कारण सबै विद्यालय एक महिनाका लागि बन्द गरेको छ ।
अमेरिकामा १२ काे निधन
काेराेनाका कारण अमेरिकामा १२ जनाकाे निधन भएकाे छ । सबै भन्दा बढी ११ जना वासिङ्टन राज्यका व्यक्तिकाे निधन भएकाे हाे ।
त्यहाँका १६ राज्यमा २ सय भन्दा बढीमा कोरोना संक्रमण देखिएकाे बताइएकाे छ । क्यालिफोर्नियामा आपत्काल घोषणा गरिएको छ ।
चीनको वुहानबाट फैलिएको काेराेना संक्रमणबाट निधन हुनेको संख्या ३ हजार ३ सय ८५ पुगेको छ ।
शुक्रबार बिहानसम्म विश्वका ८० भन्दाबढी देशमा फैलिएको काेराेनाबाट ९८ हजारभन्दा बढी संक्रमित भएका बताइएकाे छ । चीनमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या कम भएकाे छ । तर, चीनबाहिर भने सङ्क्रमण तीव्र बनेको छ ।


प्रतिकृया दिनुहोस