सेवा लिन जाँदा सजाय भोग्नु पर्ने सरकारी अड्डा, उपत्यका ट्राफिक प्रहरी कार्यालय
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रहरीको दादागिरी चलिरहेको छ। अहिले प्रहरीको दादागिरी सेवाग्राहीसँग चलिरहेको हो। सेवा लिन गएका सेवाग्राहीलाई एक घण्टामा हुने कामलाई अर्को दिन तोक्ने र तोकिएको समयमा पनि पटकपटक समय सार्ने काम काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी कार्यालयले गरेको पाइएको छ।
एक सेवाग्राहीका अनुसार, ट्राफिक प्रहरीले भने अनुसार सबै कागजात पुर्याएर जाँदा पनि एउटा सामान्य सिफारिसको लागि ‘भोली पल्ट’ भनिएको र भोली पल्ट जाँदा पनि तीन–तीन पटक समय सारिएको उहाँले बताउनुभयो। उहाँलाई यसरी पटकपटक मिति सार्ने काम सोही कार्यालयका सई शंकर पाण्डेले गर्नुभएको उहाँले बताउनुभयो। उहाँले किन यस्तो गर्नुभएको भनेर सई शंकर पाण्डेलाई सोध्दा पटक पटक हाकिमकोमा को जान्छ खुरुक्क एक घण्टा पर्खनु भनेर सई मोबाइलमा व्यस्त भएर बसेको बताउनुभयो। यतिमात्र नभएर सई पाण्डेले सेवाग्राहीलाई बुझाउनुको साटो धम्क्याईरहको पनि उहाँले बताउनुभयो।
सेवाग्राहीका अनुसार, उहाँजस्तै यसरी दुःख पाइरहेका अरु पनि सेवाग्राहीहरू छन्। त्यतिमात्र होइन, उहाँले केहीको भने फटाफट काम भएको पनि बताउनुभयो। तर लाइनमा बसेर आफ्नो पालो पर्खिरहेका सेवाग्राहीहरूले भने बारम्बार धोका माथि धोका पाएको उहाँको गुनासो छ।
एकै दिनमा सकिने सिफारिसको लागि यसरी सेवाग्राहीलाई झुलाउँदा सेवाग्राहीको समय बरबाद हुने र ट्राफिक प्रहरीसँगको विश्वासमा आँच आउने उहाँले बताउनुहुन्छ।
यसै गरी, एक महिना अघि ट्राफिक प्रहरीले दिएको चिट हराउँदा र मालिगाँउबाट एउटा निवेदनको फारम लिन बग्गीखाना जानुपरेको एक सेवाग्राहीको गुनासो थियो। उहाँका अनुसार, एउटा सामान्य प्रिन्टको लागि एक सेवाग्राहीलाई यति दुःख दिनु भनेको यो समग्र प्रहरी प्रतिको आम मानिसमा जाने नकारात्मक दृष्टिकोण हो।
यसै गरी केही महिना अघि काठमाडौंको सुकेधारामा असई प्रसिन्द थादवले बस चालक र कार चालकमाथि पक्षपाती व्यवहार गर्दै कार चालकको सवारी चालक अनुमति पत्र समेत हराइदिएका थिए। तर भोलिपल्ट सवारी चालक अनुमतिपत्र महाराजगञ्जको भाटभटेनीमा काम गर्ने कामदारले भेटेर दिएका थिए।
त्यतिवेला असई यादवले कार चालकमाथि पुरै दादागिरी शैलीमा व्यवहार गरेका थिए।
यसरी सेवाग्राहीको काममा ढिला सुस्ती गर्ने र चालकहरू माथि अभद्र व्यवहार गर्ने ट्राफिक प्रहरीको शैली प्रति धेरै सेवाग्राही रुष्ट भएका पनि पाइएको छ।


प्रतिकृया दिनुहोस