पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत
बेइजिङ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनले स्वागत गरेको बताउनुभएको छ।
कतारको विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा पाकिस्तान र अफगानिस्तानले कतार र टर्कीको मध्यस्थतामा तत्काल युद्धविरामका लागि सहमति जनाएका छन् । यसबाहेक दुबै पक्षले यसको दिगोपना सुनिश्चित गर्न वार्ता जारी राख्नेछन्। पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले युद्धविरामको पुष्टि गर्दै अक्टोबर २५ मा इस्तानबुलमा दुई पक्षबीच अर्को चरणको वार्ता हुने बताउनुभएको छ।
“पाकिस्तान र अफगानिस्तान दुवै चीनका परम्परागत छिमेकी हुन् यसलाई नजरअन्दाज गर्न सकिँदैन,” गुओले भन्नुभयो ।
“चीन दुई देशबीच भएको युद्धविराम सम्झौताको स्वागत गर्दछ र सम्बन्धित देशहरूले गरेको योगदानको प्रशंसा गर्दछ,” प्रवक्ता गुओले भन्नुभयो ।
“चीनले पाकिस्तान र अफगानिस्तानबीच आफ्ना मतभेदहरू समाधान गर्न, एक व्यापक र दिगो युद्धविराम हासिल गर्न र संयुक्त रूपमा दुवै देश र क्षेत्रको शान्ति र स्थिरताको रक्षा गर्न निरन्तर वार्ता र परामर्शको आशा र समर्थन गर्दछ,” उहाँले भन्नुभयो ।
“पाकिस्तान–अफगानिस्तान सम्बन्ध सुधार र अगाडि बढाउन रचनात्मक भूमिका निर्वाह गर्न चीन अन्तर्राष्ट्रिय समुदायसँग काम गर्न इच्छुक छ,” गुओले युद्धविराम पहलको स्वागत गर्दै यसमा चीनको पूर्ण सहयोग रहने बताउनुभयो ।
-रासस
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस