नेपाल तेक्वान्दो संघ झापाकाे उपाध्यक्षमा दिपेन धिमाल
झापा । नेपाल तेक्वान्दो संघ, जिल्ला कार्यसमिति झापाको पाँचौं अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ।
२०८२ असोज ५ गते आइतबार सम्पन्न अधिवेशनले कुमार भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। त्यस्तै, उपाध्यक्षमा दिपेन धिमाल, कोषाध्यक्षमा विवेक गिरी चयन भएका छन्।
सदस्यतर्फ तिर्थ बहादुर कटुवाल, रुपक कुमार राई, योगेन्द्र रिजाल, लक्ष्मी राजवंशी र राजकुमार दर्जी सर्वसम्मत चयन भएका छन्।
उपाध्यक्षमा निर्वाचित कुमार भट्टराईले झापामा तेक्वान्दो खेलको विकास र विस्तारका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
.jpg)


प्रतिकृया दिनुहोस