• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

रौतहटमा सुटकेसमा फेला परेकी मृतक महिलाको पहिचान खुल्यो

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रौतहट । रौतहटमा सुटकेस भित्र मृत फेला परेकी महिलाको पहिचान खुलेको छ। 

मृतकको नाम रुवी कुमारी साह भएको र घर  भारतको मुजफरपुर भएको खुलेको हो ।  मृतक महिला ३५ वर्षीया भएको र उहाँको माईती भने रौतहट माधब नारायण नगरपालिका भएको खुलेको छ । 

 अहिले मृतकको आफन्तले शवको सनाखत गरिसकेका  छन् भने मृतक महिलाको एक छोरा रहेको पनि  खुलेको छ। मृतक रुवी एक महिनादेखि माधवपट्टीमा डेरा गरी बस्दै आउनुभएको थियो ।


 प्रहरीका अनुसार  उहाँको हत्या गरेर शव सुटकेसमा राखेर फालेको हुन सक्ने आशंका  छ। प्रहरीले सुटकेस खोलेर हेर्दा त्यसभित्र सल र डोरीले घाँटी बेरिएको अवस्थामा रुबीको शव फेला परेको  थियो । 

प्रतिकृया दिनुहोस