सुकेधाराका ट्राफिक असई यादवको अनौठो दादागिरी, लाइसेन्स हराइदिए, स्वर चर्को र पक्षपाती व्यवहार
काठमाडाैं । फटाफट मोटरसाइकलमा ट्राफिक प्रहरी आएर 'म तपाईंलाई कारवाही गर्छु। खै लाइसेन्स, विलबुक? दिइहाल्नुस्!' कार चालकले भने, 'लाइसेन्स लु।' ट्राफिक प्रहरीका असई प्रसिन्द यादवले भने, 'खै विलबुक?' कार चालकले फेरि 'लु' भनेर दिनुभयो।
'मैले गल्ती तपाईंकै देखेको छु, तपाईं मिलिहाल्नुस्,' ट्राफिक प्रहरीका असई प्रसिन्द यादवले कार चालकलाई भन्नुभयो। अनि कार चालकले भने, 'सर, सीसीटीभी क्यामेरा हेर्नुहोस्। न कसको गल्ती थाहा भैहाल्छ नि।' त्यसको जवाफमा ट्राफिक प्रहरीले भने, 'त्यो ठाउँमा सीसीटीभी छैन।'
अनि बसको पनि सवारी चालक अनुमति पत्र र विलबुक लिएर, बस र कारलाई पनि 'पछि पछि आउनु' भन्दै ट्राफिक प्रहरी सोझै सुकेधारा ट्राफिक विट लाग्नुभयो।
ट्राफिक प्रहरी विट सुकेधारा पुगेर पनि उनै असईले भन्नुभयो, 'तपाईंहरू मिलिहाल्नुस्। आ–आफ्नो बनाउनुहोस्, मिल्नुस्।' यो भनाइ ट्राफिक प्रहरी विट सुकेधाराका ट्राफिक असई प्रसिन्द यादवको हो।
उहाँले सोझै कारको गल्ती देखाइरहनुभयो। कार चालक सर्लाही जानु पर्ने, बस पनि रौतहट राति नै जानुपर्ने। अलिकति समस्या त थियो नै। तर पनि 'तपाईंहरूको इन्स्योरेन्स छ त, भइहाल्छ नि,' भनेर भन्नुभयो। तर गल्ती चाहिँ कार चालककै देखाउनुभयो।
कारले ट्राफिक लाइट वा स्वयं ट्राफिकको इसारा उल्लङ्घन गरेर बाटो काटेको पनि होइन। बाटो काट्न उपयुक्त सडक थियो। बाटो काट्यो। तर बसको पछाडिको भागले कारको अगाडिको भागमा ठक्कर दियो। यसमा उनै ट्राफिक प्रहरी असई यादवको कुरा — 'बसको अगाडिको हेड कटिसकेको हुनाले बसको गल्ती हुदैन, छैन। वसकाे पछाडीकाे भागले दुर्घटना गर्न सक्दैन सीसीटीभी छैन,' भन्दै कार चालकलाई पेल्न खोज्नुभयो।
यसै प्रक्रिया जारी हुँदै जाँदा भोलि मिल्ने कुरा भयो। 'विलबुक राखेर लाइसेन्स दिनुहोस् न' भन्दा कार चालकले ट्राफिक प्रहरीलाई दिएको लाइसेन्स नै उहाँले हराउनुभएछ।
उहाँ आत्तिएर बाइक लिएर लिएको ठाउँमा जानुभयो। भेट्नुभएन। आत्तिएर आएर "मलाई नागरिकता दिनुस्, म ढड्डा हेरेर पत्ता लगाउँछु" भनेर भन्नुभयो। तै पनि उहाँ वारम्वार भन्दै हुनुहुन्थयाे तपाइसँग छ की ।
यो चाहिँ हिजो सोमबार राति करिब ८ बजे भएको घटना हो भने, अरू कुरा घटनापछिको हो।
कार चालकले 'सीसीटीभी हेर्नुस्' भन्दा 'छैन', भन्नु बारम्बार 'छैन' भन्नु, अनि सोझै कार विना प्रमाण कार चालकको गल्ती देख्नु — यो ट्राफिकमाथि नै प्रश्न उठाउने कुरा हो।
अर्को कुरा, ठाडो ठाडो कुरा गरेर लाइसेन्स र विलबुक माग्ने ट्राफिकले लाइसेन्स नै हराउनु भनेको पनि यो ट्राफिक प्रहरीमाथि गम्भीर प्रश्न हो।
सवारी व्यवसायीसँग ट्राफिक प्रहरीको मिलोमतो हुन्छ भनेर सुन्नु र ट्राफिक प्रहरीको यस्तो व्यवहार देख्नुले यसले समग्र ट्राफिक प्रहरीमाथि प्रश्न उठाउँछ।
लाइसेन्स हराएपछि भने असई यादव नरम भए।
दुर्घटना भएको बसको नम्बर — बागमती प्रदेश ०३–००१ ख–२७८१
कारको सवारी नम्बर — विएई १७४८
हामीलाई प्राप्त सुचना अनुसार सुकेधारा चाेकमा सिसिटिभि क्यामेरा हुनुपर्ने हाे । यदी छैन भने माग गरेर राख्नु पर्ने हाे ।
अहिलेको सुकेधाराको पनि कुरा गरौं
अहिले सुकेधारा काठमाडौं उपत्यकाको बढी दुर्घटना हुने स्थानमा पर्छ। केही महिना अघिमात्र पनि स्कुटरमा सवार महिलाको ट्रकको ठक्करले मृत्यु भएको थियो। त्यसपछि पनि कयौं दुर्घटना सुकेधारामा भएका छन्।
अर्को कुरा — अहिले सुकेधाराको बाकायदा कालोपत्रे रोडमा गोपिकृष्ण पुलदेखि सुकेधारा चोकसम्म सवारीहरूको लापरवाही पार्किङ हुन्छ। नजिकैको ट्राफिक विट मुकदर्शक बनेर हेर्छ, केही कारवाही गर्दैन। महानगर प्रहरी भने बेला–बेला आएर हेर्ने गरेको देखिन्छ।
अहिले सुकेधाराको सडकमा जसले जतिखेर पनि सवारी पार्किङ गर्छ। तर ट्राफिक प्रहरी बोल्दैन। हेर्दैन। त्यो हेर्नुमा मैले सुनेको यातायात व्यवसायीसँगको साठगाँठ हो कि के हो, त्यो थाहा भएन। मसँग प्रमाण छैन। तर यस्ताेमा साँठ गाठ भएकाे समाचार विभिन्न मिडियामा प्रमाणा सहित भने आएकाे भने छ ।
तर सुकेधाराको अवस्था यस्तै छ। ट्राफिकले केही गर्दैन।
त्यसको हामी भिडियो रिपोर्ट पनि बनाउँछौं।
प्रहरीप्रति जनताको दुःखेसो
प्रहरीको सेवा लिन जाने अधिकांश मानिस नेपालमा निराश छन्। प्रहरीको रुखो बोली–बचन। यस्तै वचन–व्यवहार यो सुकेधाराको ट्राफिकमा पनि देखियो। उहाँलाई नैतिक शिक्षाको कमिले हो कि मिलोमतोको कारणले हो, उहाँमा त्यही देखियो।
यसले "प्रहरी मेरो साथी" भन्ने जस्तो प्रहरीको स्लोगन र समग्र प्रहरीको छविलाई बिगार्ने काम गर्छ। प्रहरी नरम हुनुपर्छ भन्ने भाव यसले पनि सिकाउँछ।
सवारीको दुर्घटनामा ट्राफिक दोषी
कसैले पत्याउने छन्, कसैले नपत्याउने छन्। तर नेपालको सवारी दुर्घटनामा ट्राफिक प्रहरी नै दोषी हुन्। तर यो दोष प्रत्यक्ष देखिँदैन। यो दोष अप्रत्यक्ष रूपमा मात्र देखिन्छ।
सडक दुर्घटना धेरैजसो सवारीको कमिकमजोरीले भएको देखिन्छ। चालकको लापरवाहीले गर्दा भएको देखिन्छ। सवारीको कमजोरीमा ट्राफिक आँखा बन्द गरेर बस्छ। ओभरलोडमा पनि आँखा बन्द गरेर बस्छ। यो सबै अदृश्य हो। तर बेला–बेला विभिन्न सञ्चारमाध्यमले यस घटनालाई प्रमाणित पनि गरेको छ।
अर्को कुरा, हिजोको दुर्घटनामा पनि ट्राफिक प्रहरीले घटनाकाे अनुशन्धान गर्छु भनेर भन्नुभएन । उल्टै घटना यस्ताे भनेर भन्नुभयाे । यहाँ पनि प्रश्न उठ्न सक्छ। दोष सबै कार चालकलाई लगाउने ट्राफिक प्रहरीले घटनाकाे अनुशन्धान गर्छु भनेर भनेर भन्नुपर्नेमा सोचेको भए हुने थियो — तर सोचिएन। यातायाता व्यवसायीर ट्राफिक प्रहरिकाे मिलेमताे हुन्छ भनेर सुनेकाे र केही संचार माध्याममा प्रमाणा सहित आउने व्यवहार र याे घटना उस्तै थियाे ।
अन्तमा
यो भन्दैमा सबै ट्राफिक प्रहरी यस्ता छन् भन्न खोजेको हैन । धेरै ट्राफिक प्रहरीको व्यवाहार राम्रो छ । धेरैको वोलिवचन राम्रो छ । ट्राफिक प्रहरी संगठनले धेरै राम्रो काम पनि गरेको छ । जसको चर्चा व्यपाक पनि छ ।
तस्वीर समाजिक संजालबाट


प्रतिकृया दिनुहोस