• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता


कलैया  । जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष २०८१/८२ मा सवारीसाधनका चालकलाई दण्ड जरिवाना बापत रु दुई करोड दुई लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ । 

    प्रहरी निरीक्षक दीपक केसीका अनुसार जिल्लाको विभिन्न ठाउँमा रहेका ट्राफिक प्रहरी एकाइले सवारीसाधन जाँच गर्ने क्रममा ट्राफिक नियम विपरीत सवारीसाधन सञ्चालन गरेका चालकबाट जरिवाना बापत सो रकम सङ्कलन गरेको हो । 

    आर्थिक वर्ष २०८१/८२ मा साना ठूला गरी कुल एक हजार १२१ सवारीसाधन दुर्घटनामा परेका थिए । ती घटनामा ९३ जनाको निधन भएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो । मृतकमा ७१ पुरुष, ११ महिला, ७ बालक र ४ बालिका रहेका थिए ।

-रासस
 

प्रतिकृया दिनुहोस