• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

दिल्ली हिंसा पीडितलाई मुख्यमन्त्री केजरीवालको राहत

रासस

रासस

एजेन्सी । भारतकाे नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले  हिंसापीडित व्यक्तिका परिवारलाई राहत दिने निर्णय गरेका छन् । 

उपमुख्यमन्त्री मनिश सिसोदिया, मन्त्री कैलाश गहलोट र वरिष्टअधिकारी सम्मिलित बैठकले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

नयाँ दिल्लीमा साम्प्रदायिक हिंसा फैलँदा ज्यान गुमाउनेको संख्या बिहीबारसम्म ३३ पुगिसकेकाे छ । सयाै‌ं घाइते छन् । नागरिकता कानुन संशोधनको समर्थन र विरोधी समूहबीच झडप भएकाे हाे ।

मुख्यमन्त्री केजरीवालले दिल्ली हिंसामा मारिएका प्रहरी रत्तन लालको परिवारलाई एक करोड भारतीय रुपैयाँ र परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरिसकेका छन् । 

मुख्यमन्त्री केजरीवालले केन्द्र सरकारलाई सेना परिचालन गरेर हिंसा राेक्न समेत अ‌ाग्रह गरेका थिए ।

बुधबार मुख्यमन्त्री र उपमुख्यमन्त्री दुबैले हिंसा प्रभावित क्षेत्रकाे भ्रमण गरेका थिए । उनीहरुले स्थानीयसँग भेट गरी शान्ति कायम राख्न आग्रह गरेका थिए । त्यस्तै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनि बुधबार हिंसाग्रस्त क्षेत्रकाे निरीक्षण गरेका थिए । त्यसक्रममा उनले स्थानीयसँग कुराकानी गरेका थिए ।

 संयुक्त राष्ट्रसंघले पनि यसमा चासाे देखाएकाे छ । राष्ट्रसंघ महासचिवका प्रवक्ता स्टेफन डुजरिकले याे घटना अत्यन्त दु:खद भएको बताएका छन् ।

 

 


 

प्रतिकृया दिनुहोस