• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

विष खुवाएर हत्या गरेको आरोपमा तीन पक्राउ

सनराइज खबर

सनराइज खबर

 

काठमाडौं । कैलालीमा विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

टीकापुर नगरपालिका– १ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका–९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र टीकापुर नगरपालिका– १ चारकठ्ठाका ३२ वर्षी वीरेन्द्र हमाललाई  प्रहरीले पक्राउ गरेको हो । 


धनगढी घर भएका ४५ वर्षीय शिक्षक जगदीश पन्तको हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । 
पन्त जानकी गाउँपालिका–४ को मनुवामा रहेको जनता माध्यमिक विद्यालयमा शिक्षण गर्दै आएका थिए । शनिबार दिउँसो उनको शंकास्पद निधन भएको थियो ।


टीकापुर नगरपालिका–१ को मुनुवा रोडमा रहेको  लोकल स्टेशन कटेजमा खाजा खाने बेला बेहोस भएको भन्दै उनीसँगै रहेका साथीहरूले टीकापुर अस्पताल पुगाएका थिए । तर, चिकित्सकले मृत घोषणा गरे ।

पन्तलाई विष खुवाएको आरोपमा तिनै साथीहरू पक्राउ परेका हुन् । उनीहरूलाई नियन्त्रणमै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस