• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

चियाको गिलासदेखि करोडौंको सम्पत्तिसम्म

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

हेटौंडा । चियादानी र चारवटा गिलासबाट यो ब्यबसाय सुरु भएको हो भन्छन् कवानपुरको चुच्चे खोलाका एक खुवा ब्वसायी रघुनाथ तिमिल्सीना ।

३६ बर्ष अघि काभ्रेको ढुङखर्कबाट चार सय रुपैयाँ बाटो खर्च बोकेर चुच्चे खोला आएका रघुनाथ अहिले करोडपति छन् ।

आफ्नो ब्यवसायलाई अत्यन्त माया गर्ने रघुनाथ दिन भरी आगोको रापमा बस्दा पनि निकै हसिला देखिन्छन् । भन्छन्– ‘मलाई आगोको रापले सेकेर बनाएको  खुवाले वनाएको हो करोडपति  ।’ 

०४० मा २० वषर्को उमेरदेखि निरन्तर खुवा बेच्दै आएका रघुनाथ अहिले ५६ बर्ष भएका छन् । ५६ बर्षमा उनले दुई छोराछोरी लाई पढाएर बजारमा तीनवटा घडेरी र एक बिगाहा खेत जोडेका छन् । भन्छन– ‘अहिले यति सम्पति जोड्न १० करोड रुपैयाँ भन्दा धेरै लाग्छ ।’

हो, तिनै रघुनाथको पहिला बजार आउनेजाने मानिसलाई दिनमा बढीमा एक किलो खुवा बेच्थे । अहिले तिनै रघुनाथले दैनिक एक सय किलोसम्म खुवा बेच्छन् । मासिक एक लाख रुपैयाँभन्दा धेरै आम्दामी गर्छन् ।

उनको खुवा नेपालको प्राय सबै ठाउँमा पुग्ने गर्छ ।

रासस संंवाददातासँग उनले भनेका छन्– ‘धेरैका लगि नमूना बनिसकेको छु । म सन्तुष्ट छु ।’

प्रतिकृया दिनुहोस