सशस्त्र प्रहरी बलका डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा सिफारिस
काठमाडौँ । सशस्त्र प्रहरी बलका डीआईजी गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले ठाडा मगरलाई एआईजी पदमा बढुवा सिफारिस गरेको हो ।
सशस्त्र प्रहरीमा वैशाख २ मा एआईजी चन्द्रप्रकाश गौतम अवकाशमा गएसँगै उहाँको ठाउँ रिक्त थियो ।



प्रतिकृया दिनुहोस