• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

एमसीसी अध्ययन कार्यदलले शुक्रबार प्रतिवेदन बुझाउने 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी अध्ययन गर्न गठित कार्यदलले शुक्रबार प्रतिवेदन बुझाउने भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन सदस्यीय कार्यदलले शुक्रबार प्रतिवेदन बुझाउने भएको हो ।

कार्यदल सदस्य भीम रावलले अध्ययन अन्तिम चरणमा पुगेकाले प्रतिवेदन बुझाउने विषयमा बिहीबार नै टुंगो लगाउने बताए । उनले भने – ‘आजको बैठकबाट प्रतिवेदनको अन्तिम रुप दिने निर्णय भएको छ । अन्तिम रुप दिइएकाले भोलिसम्म बुझाउँछौ ।’

एमसीसीका विषयमा सत्तारुढ दलभित्र चर्को विरोध भएपछि केन्द्रीय समिति बैठकले अध्ययन कार्यदल गठन गरेको थियो । सोही निर्णय अनुसार गठित कार्यदलले एमसीसीका विषयमा अध्ययन गरिहको छ । कार्यदलमा रावलसँगै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र झलनाथ खनाल रहेका  छन् ।

प्रतिकृया दिनुहोस