तीन करोड ६१ लाखको अवैध सामानसहित तीन वटा भारतीय कन्टेनर झापाबाट नियन्त्रणमा
झापा । भारतबाट अवैध रूपमा नेपाल भित्रिएकाे करिब तीन करोड ६१ लाख रुपैयाँ बराबरको सामानसहित तीन वटा भारतीय नम्बर प्लेटका कन्टेनरहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ।
२०८२ साल जेठ ४ गते राति सात बजेतिर झापा जिल्लाको विर्तामोड नगरपालिकाको वडा नं. ५ स्थित काकरभिट्टानाकाबाट भन्सार छली ल्याउदै गरेका अबैद्य सामान बोकेको NL01AH 5659, NL01N 9223, र NL02L 7486 नम्बरका ३ वटा भारतीय कन्टेनरहरूलाई गोप्य सूचनाको आधारमा प्रहरी निरिक्षक सहितको टाेलीले पक्रेको हो ।
कन्टेनरहरूमा Track Combine harvester with straw collector and standard accessories नामक कृषि उपकरणहरू रहेको फेला परेको प्रहरीले जनाएकाे छ । , जसको मूल्य करिब ३ करोड ६१ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ। यस अवैध सामान तथा कन्टेनरहरूलाई आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालय इटहरीमा पठाइएको प्रहरीको भनाइ छ ।
यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस