• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

तीन करोड ६१ लाखको अवैध सामानसहित तीन वटा भारतीय कन्टेनर झापाबाट नियन्त्रणमा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

झापा । भारतबाट अवैध रूपमा नेपाल भित्रिएकाे  करिब तीन करोड ६१ लाख रुपैयाँ बराबरको सामानसहित तीन वटा भारतीय नम्बर प्लेटका कन्टेनरहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ।

२०८२ साल जेठ ४ गते राति सात बजेतिर झापा जिल्लाको विर्तामोड नगरपालिकाको वडा नं. ५ स्थित काकरभिट्टानाकाबाट  भन्सार छली ल्याउदै गरेका अबैद्य सामान बोकेको     NL01AH 5659, NL01N 9223, र NL02L 7486    नम्बरका ३ वटा भारतीय कन्टेनरहरूलाई गोप्य सूचनाको आधारमा प्रहरी निरिक्षक सहितको टाेलीले  पक्रेको हो । 

कन्टेनरहरूमा  Track Combine harvester with straw collector and standard accessories  नामक कृषि उपकरणहरू रहेको फेला परेको प्रहरीले जनाएकाे छ । , जसको मूल्य करिब ३ करोड ६१ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ। यस अवैध सामान तथा कन्टेनरहरूलाई आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालय इटहरीमा पठाइएको प्रहरीको भनाइ छ ।

यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।
 

प्रतिकृया दिनुहोस