• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

प्रहरी नायब निरीक्षक राजनबहादुर खड्का ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं  ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) राजनबहादुर खड्का ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित हुनुभएकाे छ ।

कार्यालयले हरेक महिनाको अपराध अनुसन्धानमा उत्कृष्ट प्रदर्शन गर्ने प्रहरीलाई यो उपाधि प्रदान गर्दै आएको छ।

सई खड्का कार्यालयको ६ नम्बर पिलर (इन्टेलिजेन्स पिलर) मा कार्यरत छन्। उहाँले पछिल्लो समय भ्रष्टाचारलगायतका आपराधिक गतिविधिहरुको अनुसन्धानमा सक्रिय भूमिका खेलेका कारण वैशाख महिनाको उत्कृष्ट प्रहरीको रुपमा छनोट गरिएको हो।

अपराध अनुसन्धान कार्यालयका अनुसार सई खड्काको कार्यशैली, अनुसन्धान क्षमतामा देखिएको प्रगति र टोली समन्वयमा देखिएको प्रभावकारी नेतृत्वका कारण उहाँलाई यो सम्मान प्रदान गरिएको हो।

 

प्रतिकृया दिनुहोस