• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

उमाकुण्डमा सम्पन्न पुरुष फुटबलको उपाधि चण्डेश्वरीलाई, महिला तर्फ खिजिदेम्बा विजयी 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका सम्पन्न अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको पुरुष तर्फको उपाधि चण्डेश्वरी यूथ क्लब प्रीतिले जितेको छ ।

प्रतियोगितामा महिला तर्फ ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाले उपाधि जितेको छ । 

खेलकुद विकास समिति उमाकुण्डको आयोजना¸ वडा नं ४ को सहप्रायोजन र उमाकुण्ड गाउँपालिका वडा नं ४ खेलकुद विकास समितिको व्यवस्थापनमा खेल भएको हो । 

वैशाख २३ देखि २७ गतेसम्म भएको प्रतियोगितामा  पुरुष तर्फको विजेता चण्डेश्वरी यूथ क्लब प्रीतिले नगद १ लाख ३० हजार सहित शिल्ड¸ मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उप विजेता आकासे ब्वाइज क्लब मन्थलीले नगद ९० हजार ट्रफि¸ मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । सेमिफाइनलमा प्रवेश गर्ने दुई टिम हिल भ्यु एफसी रामेछाप र मिलन चोक यूथ क्लब प्रीतिले ३० हजार रुपैँयाका दरले नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

पुरुष समूह तर्फ प्रतियोगिताका सर्वोकृष्ट खेलाडी आकाशे ब्वाइज क्लब मन्थलीका रामकृष्ण माझीले नगद ५ हजार सहित ट्रफी प्राप्त गर्नु भएको छ । सर्वाधिक गोलकर्ता आकाशे ब्वाइज क्लब मन्थलीका करण खड्का, उत्कृष्ट गोलकिपर तथा खेलको म्यान अफ द म्याच चण्डेश्वरी यूथ क्लबका निशान थापा मगरले जनही ३ हजार नगद सहित ट्रफी प्राप्त गर्नुभएको छ । 

महिला तर्फको उपाधि विजेता खिजीदेम्बा गाउँपालिकाले ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  उपविजेता उमाकुण्ड गाउँपालिका–७ भुजिले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

सेमिफाइनलमा पुग्ने उमाकुण्ड गाउँपालिका–४ प्रीति र चण्डेश्वरी यूथ क्लब प्रीतिले क्रमशः नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । महिला तर्फ सर्वोकृष्ट खेलाडी बनेकी उमाकुण्ड गाउँपालिका–४ प्रीतिका साने वाइबाले नगद ३ हजार रुपैँया सहित ट्रफी प्राप्त गर्नुभएको छ । 

सर्वाधिक गोलकर्ता खिजिदेम्बा गाउँपालिकाकी निशा कुमारी मगर, उत्कृष्ट गोलकिपर भुजीकी झरना नगरकोटी र स्थानीय राइजिङ खेलाडीमा चण्डेश्वरी यूथ क्लबकी गोलकिपर सलिना खुलालले जनही २ हजार रुपैँया सहित ट्रफी प्राप्त गर्नुभएको छ ।  खुल्ला अन्तरपालिका पुरुष तथा महिला फुटबल प्रतियोगितामा पुरुष तर्फ ९ टिम र महिला तर्फ ४ टिमको सहभागिता रहेको थियो ।

विजयी खेलाडीलाई गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार लगायत पुरस्कार, शिल्ड¸ मेडल र प्रमाण पत्र वितरण गर्नु भएकाे थियाे । 

 

प्रतिकृया दिनुहोस