उमाकुण्ड गाउँपालिकामा खुल्ला पुरुष र महिला फुटबल प्रतियोगिता हुँदै
रामेछाप । उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा उमाकुण्ड गाउँपालिकाको प्रयोजन र ४ नं वडा कार्यालय, वडा खेलकुद विकास समितिको व्यवस्थापनमा अन्तरपालिकास्तरीय खुला पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
पुरुष तर्फ बैशाख २३ गतेबाट सुरु हुने खेलको लागि बैशाख २० गतेसम्म टिम दर्ता गरिसक्नु पर्ने आयोजकले जनाएको छ ।
त्यस्तै महिला तर्फ बैशाख २५ गतेबाट सुरु हुने खेलको लागि बैशाख २२ गतेसम्म टिम दर्ता गर्नुपर्ने छ । दुवै खेल बैशाख २८ गते सकिने छन् ।
पुरुष तर्फको खेलमा पहिलो र दोस्रो हुनेले क्रमशः १ लाख ३० हजार र ९० हजार रुपैँया नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यस्तै सेमिफाइनलमा पहिलो र दोस्रो हुने टिमले नगद ३० हजार रुपैँया पुरस्कार पाउने छन् । खेलमा विभिन्न उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइने गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप सुनुवारले जानकारी दिनुभयो ।
महिला तर्फ प्रथम र द्वितीय हुने थिमले क्रमशः नगद ५० हजार र ४० हजार, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । सेमिफाइनलमा प्रथम र दोस्रो हुने टिमले नगद २० हजार रुपैँया पाउने छन् । महिला तर्फको खेलमा पनि उत्कृष्ट खेलाडीले छुट्टै नगद पुरस्कार पाउने छन् ।
.jpg)



प्रतिकृया दिनुहोस