• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

चारदेशीय टी–२० आई सिरिजमा कुवेतलाई नेपालले हरायो

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ ।

बिहीबार हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा भएको सिरिजको पहिलो खेलमा कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको थियो । नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । 

कुवेतविरुद्ध नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरेका थिए   आसिफले ३४ बलमा अर्धशतक पूरा गरे । अर्धशतक पूरा गरेलगत्तै ५३ रन बनाएर आउट भए । यसअघि ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका थिए ।

कुशलले २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् भने आशिफ शेखले ३४ बलमा चार चौका र दुई छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट, नन्दन यादवले दुई विकेट, ललित राजवंशी र कुशल भुर्तेलले एकएक विकेट हात पारे।

यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सु? हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

प्रतिकृया दिनुहोस