• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड  चैत २९ मा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं  ।  एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड  चैत २९ मा  हुने भएको छ।

सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी  ग्रुप महिन्द्राको सहकार्यमा पहिलो पटक यो अवार्ड हुने लागेको हो । 

चैत २९ गते हुने अवार्डमा राष्ट्रको गौरवको लागि उल्लेखनिय योगदा पुर्याएका खेलाडी तथा अन्य खेल व्यक्तित्वहरुको सम्मानमा आयोजना गर्न लागेको   सशस्त्र प्रहरी वल क्लवका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक विकास घिमिरेले  बताउनुभयो । 
स्पोर्टस अवार्डमा प्रमुख अतिथिको रुपमा गृह मन्त्री रमेश लेखक आउने कार्यकर्म रहेको बताइएको छ । 

 नेपाल एपिएफ क्लबमा आबद्ध रहि २०८१ सालमा विभिन्न खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्दै संगठन तथा राष्ट्रको गौरव बढाउन उल्लेखनीय भूमिका निर्वाह गर्ने खेलाडी, प्रशिक्षकलाई सम्मान गर्नु अवार्डको मुख्य उद्देश्य रहेको बताइएको छ।

त्यस्तै खेलकुदको माध्यमबाट राष्ट्रलाई चिनाउन सफल पूर्व राष्ट्रिय खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई लाइभ टाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र एपिएफ आइजिपी कमेनमडेसनबाट सम्मानित गरिनेछ।

त्यस्तै एपिएफका पूर्व प्रशिक्षक र खेलाडीलाई सम्मान पनि सोही अवसरमा सम्मान गरिने बताइएको छ।
 

प्रतिकृया दिनुहोस