अन्जना आर्मी छाडेर एपीएफ क्लबमा
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना राना मगर विभागीय टोली नेपाल एपीएफ क्लबमा अनुबन्ध हुनुभएको छ ।
उहाँ त्रिभुवन आर्मी क्लब छाडेर अर्को विभागीय टोली एपीएफ पुग्नुभएको हो ।
अन्जनाले विगत ९ वर्षदेखि त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्दै आउनुभएको थियो ।
नेपाली राष्ट्रिय महिला फुटबल टिम तथा एपीएफकी पहिलो रोजाइकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बा हाल ग्रीसमा व्यावसायिक फुटबल हुनुभएको छ ।
एपीएफले अन्जनालाई करारमा अनुबन्ध गरेको जनाएको छ । एन्जिला ग्रीसमा खेल्दा सावित्री किसनले एपीएफको पोष्ट सम्हाल्नुभएको थियो
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस