• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

दाङबाट तीर्थयात्री लिएर गएको स्कार्पियो भारतमा दुर्घटना, चार जनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । दाङको तुलसीपुरबाट भारत गएका तीर्थयात्री बोकेको स्कार्पियो गाडी दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । 

बिहीबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी भारतको बहराइचमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको हो । 

दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजी ३७ वर्षीय युवराज चापागाईँ, सोही स्थानका मोतीराम वलीकी ८० वर्षीया आमा सहित अन्य दुई जनाको ज्यान गएको छ । 

गाडीमा ९ जना सवार रहेकामा अन्य घाइते भएका छन् । दुर्घटना बिहीबार दिउँसो ४ बजेतिर भएको बताइएको छ । 

 

प्रतिकृया दिनुहोस