• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी

समाचार

समाचार

बन्दीपुर  । यहाँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा  तीन हजार पाँच सय रुपैयाँ  लगानी गरेर फूलको व्यापार सुरु गर्नुभयो ।

फूलको व्यापार विस्तार गर्दै गुरुङले उहाँले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहनुभएको छ । हाल उहाँले मासिक दुई लाख  रुपैयाँ आम्दानी लिने गरेको गुरुङले बताउनुभयो ।
    
गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै २० लाखसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक  आठ–नौ लाख रुपैयाँ सम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब  दुई लाख रुपैयाँ  बचत हुने उहाँले बताउनुभयो ।

'पोखरा र काठमाडौँमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ', गुरुङले भन्नु्भयो । अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । 'व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौँ', उहाँले भन्नुुभयो ।
-रासस

प्रतिकृया दिनुहोस